थाहानगर/११ साउन
थाहा नगरपालिका ३ बाहुनगाउ घर भई हाल काठमाडौं बसोबास गरिरहनु भएकी कबिता बर्तौलाले आफ्ना श्रीमान सुरेश बर्तौलाको जन्मदिनको अवसरमा नि:शुल्क एम्बुलेन्स सञ्चालन अभियानलाई आर्थिक सहयोग गर्नु भएको छ ।
श्रीमान सुरेशको आज परेको जन्मदिनको अवसरमा गरिव असहायको उपचारमा सहयोग पुगोस भन्ने हेतुले एम्बुलेन्स सञ्चालन अभियानका लागि ५ हजार ५७५ रुपियाँ सहयोग गर्नु भएको हो ।
थाहा नगरपालिका १ ओखर बजारमा गरिव असहाय तथा ओखर बजारबासीहरुका लागि डेढ महिना अघिदेखि नि:शुल्क एम्बुलेन्स सञ्चालन भईरहेको छ ।
बर्तौला परिवार जस्तै सबैले आफ्नो पुण्य कार्यको अवसरमा सामाजिक सेवामा समर्पित हुने हो भने गरिव असहायको सेवामा टेवा पुग्ने भन्दै एम्बुलेन्स सञ्चालक समितिका संयोजक सुरेन्द्रमान प्रधानले सहयोगी प्रति कृतज्ञता व्यक्त गर्नु भएको छ ।
ओखर बजार बासिन्दाहरुबाट आर्थिक सहयोग संकलन गरेर खरिद गरिएको एम्बुलेन्सले हाल दैनिक रुपमा सामान्य आर्थिक अवस्था रहेकाहरुलाई अन्य एम्बुलेन्स सरह र बिपन्न तथा असहाय विरामीका लागि नि:शुल्क सेवा दिइदै छ ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments