थाहानगर/११ साउन
थाहा नगरपालिकामा भोलि साउन १२ गते र पर्सि १४ गते १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको खोप लगाइदैछ ।
एक डोज मात्र लगाए पुग्ने यो खोप भोलि साउन १२ गते थाहानगरका सबै स्वास्थ्य केन्द्रहरुबाट लगाइदैछ । थाहानगरका १८ सय डोज मात्र खोप उपलब्ध भएको हुँदा ५० देखि ५४ वर्ष उमेर समूह तथा यस अघि छुटेका लक्षित समूहलाई प्राथमिकता दिइने स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो ।
हेर्नुहोस कहाँ कहाँ, कहिले कहिले, कस कसलाई लगाउदै छन् खोप? अनलाइन फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।https://vaccine.mohp.gov.np/ 
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments