काठमाडौं/२ साउन
सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा दलको बैठक बस्ने काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिनु भयो।
पुन:स्थापित प्रतिनिधिसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।
Comments