गोगन, कैलाश/३१ असार
गत असार १८ गतेको अविरल वर्षाले अवरुद्ध भएको कैलाश गाउँपालिका अन्तर्गतका सडकहरु आज (बिहीबार)देखि मर्मत सुरु गरिएको छ ।
गाउँपालिकाले बिग्रिएका सडकहरुको मर्मतका लागि ठेक्का प्रकृयाबाट एक्साभेटर लगाइएको छ । कैलाशको विभिन्न वडाहरुका सडक सञ्जाल अवरुद्ध भएपछि त्यहाँबाट निकासी हुने तरकारीहरु विक्री गर्न कठिनाई भइरहेको थियो ।
आजबाट गैरीगाउँ, गोगने, चौकीटार, पकनी, डाँडाखर्क र बैकुण्ठ क्षेत्रका सडकहरु मर्मत सुरु गरिएको हो । ती सडकहरु अब करिब ५ दिनमा मर्मत सम्पन्न हुने ५ नंबर वडाध्यक्ष छेकु लामाले बताउनु भयो ।
सडक मर्मतका नाममा केहि व्यक्तिले स्थानीयहरुसँग रकम समेत असुली गरिरहेको भन्ने अपुष्ट कुरा सुनिन आएको प्रति अध्यक्ष लामाले ध्यानाकर्षण भएको बताउनु हुँदै सडक मर्मतका नाममा कसैलाई कुनै रकम नदिन स्थानीय बासिन्दालाई आव्हान गर्नु भएको छ । अहिले सडक मर्मतका लागि वडा अध्यक्ष छेकु लामा स्वयं खटिनु भएको छ ।

-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments