काठमाडौं/२७ असार
१६ औं संस्करणको युरो कपको उपाधिको लागि आइतबार राति इटाली र इंग्ल्यान्ड भिड्दै छन् ।
खेल वेम्बली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुँदै छ ।
यि दुई टोली जारी युरोमा अपराजित रहँदै फाइनलमा पुग्न सफल भएका टोली हुन् ।
घरेलु मैदानमा हुने खेलमा इंग्ल्यान्ड युरोमा पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ ।
पछिल्लो १२ खेलमा अपराजित रहेको इंग्ल्यान्ड युरोमा पहिलोपटक नै फाइनलमा पुग्न सफल भएको हो ।
यता, पछिल्लो ३३ खेलमा अपराजित रहेको इटाली पनि इंग्ल्यान्डलाई उसकै मैदानमा स्तब्ध पार्दै ५३ वर्षपछि युरोको च्याम्पियन बन्न लक्ष्यमा छ । इटाली सन् १९६८ मा घरेलु मैदानमा युगोस्लाभियालाई हराउँदै च्याम्पियन बनेको थियो ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments