हेटौंडा/२६ असार
मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरको रोकथाम तथा नियन्त्रणको तयारी सुरु गरिएको छ । कोरोनाको तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका सन्दर्भमा शुक्रबार जिल्ला समन्वय समितिको आयोजनामा जिल्लास्थित विभिन्न संघसंस्था एवम् सरोकारवालासंग छलफल गरिएको हो । छलफलले कोरोनाविरुद्ध “अनिवार्य मास्क“ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको छलफलमा विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणविरुद्ध सचेतना तथा मास्कको प्रयोगमा जोड दिईएको छ ।
छलफलका क्रममा हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जिल्लामा कोरोनाको हालसम्मको अवस्था तथा कोरोना भाइरसको तेस्रो लहर आउँदै गरेको र त्यसबाट बच्ने उपाउका बारेमा जानकारी गराउनु भयो । उहाँले भारतमा तेस्रो लहर आइसकेको हुँदा समयमै यसबाट बच्ने विषयमा गम्भीर हुनुपर्ने बताउनु भयो । डा. काफ्लेले लकडाउन खुकुलो हुँदै गएपछि मकवानपुरमा संक्रमण दर विस्तारै बढ्दै गएको भन्दै उपचार गरेर महामारी नियन्त्रण गर्न नसकिने बताउनु भयो । रोग लागेर उपचार गर्नु भन्दा सावधानी उपनाउनु उत्तम हुने भन्दै समुदायमा सचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागिहरुले तेस्रो लहरको कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउने र मास्कको अनिवार्य प्रयोग गर्न अभियान सञ्चालन गर्नुपर्ने बताउँदै यसमा सबै संघ संस्थाले सहयोग गर्ने बताएका थिए । कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष डा. कृष्ण धितालले मास्कको अनिवार्य प्रयोगका लागि हस्तक्षेपकारीसंगै प्रेरणदायी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनु भयो । सिविन हेल्प लाईन मकवानपुरका संयोजक झवेन्द्र ज्ञवालीले तेस्रो लहर बालबालिकामा बढी असर गर्ने प्रक्षेपण भइरहेको हुँदा अस्पताल बालरोग विशेषज्ञ लगायत तयारी समेत गर्नुपर्ने बताउनु भयो ।
यस्तै उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले मास्क र सेनीटाईजर प्रयोगलाई अनिवार्य गर्नु पर्ने बताउनु भयो । उहाँले अभियान संचालन गर्नुपर्ने र यसमा उद्योग संघ सहयोग गर्न तयार रहेको बताउनु भयो । मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधिले अभियानसंगै निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले सचेतना एवम् मास्कको अनिवार्य प्रयोग अभियान संचालनका लागि स्वयंसेवी समूह तयार गर्ने, सहयोगी कक्ष सुरु गर्ने, अनुगमन तथा निगरानीलाई सबैले प्रभावकारी बनाउने लगायतका निर्णय गरेको छ ।
कार्यक्रममा जिसस मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायलगायत मकवानपुरमा कृयाशील विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments