Byroad News

Loading...

संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो


संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

एजेन्सी/२४ असार
संसारभर कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकले जनाएको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको भन्दै चिन्ता व्यक्त गरिएको छ । उहाँले यो महामारीलाई हराउन अझै लामो यात्रा गर्न बाँकी रहेको बताउनु भएको छ । 

उहाँले कोरोना खोपलाई आशाको किरण भएको बताउँदै विश्वभर खोप अभियानलाई तीव्र गतिमा सञ्चालन गर्नु पर्ने बताउनु भएको छ । 

विश्वभर कोरोना संक्रमणको कारण मृत्यु हुनेमध्ये एक तिहाइभन्दा धेरै अमेरिका, ब्राजिल र भारतमा मात्र मृत्यु भएको जनाएको छ । अमेरिकामा ६ लाखभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । ब्राजिलमा यो संख्या पाँच लाख नाघेको छ । भारतमा चार लाखभन्दा बढीको कोरोना कै कारण मृत्यु भइसकेको छ । 

अहिलेसम्म विश्वभर १८ करोडभन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । त्यस्तै विश्वभर तीन अर्ब ३२ करोड डोजभन्दा धेरै कोरोना खोप लगाइसकेको छ । 

Comments

KATHMANDU WEATHER