काठमाडौं/२३ असार
इटाली युरोकपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै इटाली युरोकपको फाइनलमा पुगेको हो ।
पेनाल्टी सुटआउटमा स्पेनका डानी ओल्मो र अल्भारो मोराटाले पेनाल्टी मिस गरेका थिए । त्यस्तै इटालीका म्यान्युएल लोकाटेलीले पेनाल्टी मिस गरेका थिए ।
निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । ३० मिनेटको खेलमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
यसअघि पहिलो हाफमा बिना कुनै गोल सकिएको खेलको ६०औ मिनेटमा फेड्रीको चेइसाको गोलमा इटालीले सुरुवाती अग्रता लिएको थियो ।
त्यसपछि खेलको ८०औ मिनेटमा स्पेनका लागि अल्भारो मोराटाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।
योसँगै इटाली चौथो पटक युरोकपको फाइनलमा पुगेको छ । यस अघि १९६८ मा युरोकप जितेको इटाली २००० र २०१२ मा फाइनलमा पराजित भएको थियो । अब इटालीले युरोकपको फाइनलमा इङल्याण्ड र डेनमार्कबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments