काठमाडौं/१८ असार
असार ११ गतेदेखि लिलामीमा आएको नागरिक लगानीकोषको १ लाख कित्ता संस्थापक शेयर खरिदका लागि आवेदन दिने आज (शुक्रबार) अन्तिम दिन रहेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर असार १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको हो । यो शेयरको न्यूनतम मूल्य १ हजार २०० रुपियाँ तोकिएको छ ।
बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै प्रिमियर इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा पनि प्राप्त गर्न र बुझाउन सकिनेछ ।
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments