थाहानगर/५ असार
थाहानगरका संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०७८ को पठनपाठन भोलि (आइतबार)देखि सुरु गरिने भएको छ ।
थाहानगरका पालुङ भ्याली हार्ट एकेडेमी, पालुङ मोडर्न इङ्ग्लिस मिडियम स्कुल, पालुङ अङ्ग्रेजी आवासीय माद्यमिक विद्यालयले सबै कक्षाहरुको अनलाइन विधिबाट पठनपाठन सुरु गरिन लागेको हो ।
यसैगरी, हिमालयन इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलले कक्षा ८, ९ र १० को पनि आइतबारदेखि अनलाइन विधिबाट कक्षा सिरि गरिने भएको छ । दामन पालुङका अन्य प्राथमिक तहका संस्थागत विद्यालयहरुले पनि आइतबारदेखि नै कक्षा संचालन गरिनेछ ।
बज्रबाराही र चित्लाङका संस्थागत विद्यालयहरुले अहिले भर्ना अभियान संचालन गरिने जनाइएको छ । सामुदायिक विद्यालयहरुले भने अहिले भर्ना अभियान संचालन गरिरहेको छ ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments