Byroad News

Loading...

सुबिधा नपाए बागमती प्रदेशका मिडिया आन्दोलनमा


सुबिधा नपाए बागमती प्रदेशका मिडिया आन्दोलनमा

हेटौंडा/३ असार
बागमती प्रदेश सरकारले मिडियाहरुको नविकरण तथा रोयल्टी पूर्ण छुट गर्ने विषयमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेललाई पत्र दिइएको छ । उक्त पत्रका आधारमा मन्त्रालयले निर्णय गरी बजेट पास हुने दिनसम्म समस्या समाधान हुने कुरामा आशा व्यक्त गरिएको छ ।

ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) नेपालका उपाध्यक्ष उज्ज्वल चौलागाईंले प्रदेश सरकारले सार्वजनिक गरेको बजेट प्रदेशको स्वतन्त्र एफएम, टेलिभिजन तथा अन्य सञ्चारमाध्यममैत्री भएको प्रत्याभूत गर्न नसकेको उल्लेख गरेका छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैजसो क्षेत्र प्रभावित भएको अवगत गराउदै उहाँले सम्पूर्ण सञ्चार क्षेत्र पनि महामारीको असरका कारण ज्यादै समस्यामा परेको गुनासो गर्नु भएको छ।

‘यही तथ्यलाई महसुस गरी संघीय सरकारले देशभरका एफएम रेडियो तथा टेलिभिजनको आ.व. २०७८/०७९ को नविकरण पूर्ण तथा रोयल्टी रकममा ५० प्रतिशत् छुट गरी राहत तथा सहयोगका प्याकेज घोषणा गरेपनि बागमती प्रदेशले छुट तथा सहयोगको घोषणा नगरेका कारण प्रदेशका स्वतन्त्र मिडिया अन्यायमा परेको महसुस गरेका छौं,’ चौलागाईंले भन्नु भएको छ । देशभरका ६ वटा प्रदेशभरका स्वतन्त्र सञ्चारमाध्यमले पाउने छुट तथा राहत बागमती प्रदेशका सबै सञ्चारमाध्यम विमुख हुनुपरेकोमा चिन्ता व्यक्त गरेका छन् ।

‘यस प्रकारको समस्या तुरुन्त सुधार गरी इजाजतपत्र, उपकरण नविकरण तथा रोयल्टीसमेत पूर्ण छुट गर्ने वातावरण निर्माण गर्न अनुरोध छ,’ पत्रमा उहाँले समस्याको तुरुन्त समाधान नभए प्रदेशभरका सम्पूर्ण सञ्चार संस्था आन्दोलनमा जानुपर्ने वाध्यता हुने स्पष्ट पार्नु भएको छ ।

Comments

KATHMANDU WEATHER