Byroad News

Loading...

संस्कृतिविद् सत्यमोहन अस्पताल भर्ना


संस्कृतिविद् सत्यमोहन अस्पताल भर्ना

काठमाडौं/२८ जेठ

संस्कृतिविद् सत्यमोहन जोशी बिरामी हुनु भएको छ । १०२ वर्षका जोशीको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो।

ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको छ। जोशीलाई बुधबार अस्पताल लगिएको हो। कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको तर छातीमा निमोनियाको संक्रमण देखिएको अस्पतालले जनाएको छ छ। किष्ट अस्पतालले यसअघिदेखि नै जोशीको स्वास्थ्य परीक्षण गर्दै आएको छ।

उहाँको उपचारका लागि छातीरोग विशेषज्ञ प्राडा मीलेश जंग सिजापतीको टोली संलग्न छ ।

Comments

KATHMANDU WEATHER