Byroad News

Loading...

कोपा अमेरिकाका लागि ब्राजिलको टिम तयार


कोपा अमेरिकाका लागि ब्राजिलको टिम तयार

एजेन्सी/२७ जेठ
जुन १३ देखि घरेलु मैदानमा हुने कोपा अमेरिका फुटबलका लागि ब्राजिलको टोली तयार भएको छ । मुख्य प्रशिक्षक टिटेले ९ जुनमा २४ सदस्यीय टोली घोषणा गर्नु भएको हो ।

विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपाको ४७ औं संस्करण यसअघि कोलम्बिया र अर्जेन्टिनामा हुने तय थियो । तर, कोलम्बियामा राष्ट्रपतिविरुद्ध प्रदर्शन र अर्जेन्टिनामा कोरोनाका कारण ब्राजिललाई नयाँ आयोजक तोकिएको हो ।

ब्राजिलमा पनि कोरोना संक्रमण दर बढिरहेको र केही खेलाडी प्रतियोगिताको विपक्षमा रहेकोले अझै पनि शङ्का छ । यसैबीच पनि ब्राजिलले टोली भने घोषणा गरेको छ ।

ब्राजिलको टिममा ३ गोलकिपर, ८ डिफेण्डर, ६ मिडफिल्डर र ७ फरवार्ड छन् । गोलकिपरमा एलिसन, एडरसन, वेभेरटन, डिफेण्डरमा एलेक्स सान्ड्रो, डानिलो, एमरसन, रेनान लोडी, एडर मिलिटाओ, फेलिपे, मार्क्विन्होस, थियागोलशिल्भा र मिडफिल्डरमा कासेमिरो, डुगलास लुइस, एभरटन रिबेइरो, फाबिन्हो, फ्रेड, लुकास पाक्वेटा छन् । यसैगरी, फरवार्डमा एभरटन, गाब्रीएल बारबोसा, गाब्रीएल जेसस, नेमार जुनियर, रिचार्लिसन, रोवर्टो फिर्मिनो, भिनिसियस जुनियर छानिएका छन् । 

प्रतियोगिताको उद्घाटन खेलमा ब्राजिलले जुन १३ मा भेनेजुएलासँग खेल्ने तालिका छ ।

Comments

KATHMANDU WEATHER