Byroad News

Loading...

खोपको माग गर्दै शिक्षकहरुद्वारा नगरलाई ज्ञापनपत्र


खोपको माग गर्दै शिक्षकहरुद्वारा नगरलाई ज्ञापनपत्र

थाहानगर/२३ जेठ
नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर कमिटीले शिक्षकहरुलाई प्राथमिकतामा राखेर कोरोना विश्रद्धको खोप लगाउन माग गरेको छ । 

आज (आइतबार) संगठनका थाहानगर अध्यक्ष रुपचन्द्र गोपालीको नेतृत्वमा गएको पदाधिकारीहरुको टोलीले थाहा नगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् । नगर प्रमुख नगर बाहिर रहेकाले टोलीले निमित्त कार्यालय प्रमुख अजित घिमिरेलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष गोपालीले बताउनु भयो ।

शिक्षकहरु अग्रभागमा रहेर खटिएको र भविष्यमा पनि अग्रभाग मै रहनु पर्ने भएकोले खोपको प्राथमिकतामा शिक्षकहरु पर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख छ । संगठनले खोप लगाए मात्र शिक्षकहरुले शैक्षिक गतिविधि गर्न उच्च मनोवल मिल्ने जनाएको छ । 
 

Comments

KATHMANDU WEATHER