Byroad News

Loading...

मकवानपुरमा संघीय सरकारको बजेट यस्तो छ, थाहालाई साँढे ४३ करोड बिनियोजन


मकवानपुरमा संघीय सरकारको बजेट यस्तो छ, थाहालाई साँढे ४३ करोड बिनियोजन

थाहानगर/२१ जेठ
आर्थिक वर्ष २०७८ /०७९ मा थाहा नगरपालिकालाई संघीय सरकारले उपलब्ध गराउने अनुदान रकममा वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आगामी वर्षका लागि संघीय बजेट झण्डै डेढ करोड रुपियाँले बढेको हो । संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ मा थाहा नगरपालिकाको लागि ४३ करोड ५५ लाख रुपियाँ विनियोजन गरेको छ । संघीय सरकारले सबै प्रदेश सरकार र स्थानीय सरकारलाई बजेट भाषणमार्फत् अनुदानको घोषणा गर्ने क्रममा थाहा नगरपालिकाको लागि सो रकम विनियोजन भएको हो ।

चालु आर्थिक वर्षमा थाहाको लागि संघीय सरकारले समानीकरणतर्फ १३ करोड, सशर्त अनुदानतर्फ २७ करोड र समपुरकतर्फ २ करोड गरी कूल ४२ करोड रुपैयाँ अनुदान बिनियोन गरेको थियो । आगामी वर्षका लागि संघीय सरकारले थाहा नगरपालिकालाई समानीकरण अनुदान १३ करोड ४७ लाख, सशर्त अनुदान २७ करोड ३५ लाख, विशेष अनुदान १ करोड ८ हजार र समपुरक अनुदान १ करोड ६५ लाख रुपियाँ उपलब्ध गराउने भएको छ । आगामी वर्षको कूल अनुदानमध्ये चालुतर्फ ३८ करोड ६९ लाख र पूँजीगततर्फ ५ करोड ९४ लाख छ ।

यसैगरी, हेटौंडा उपपहानगरपालिकाले १ अर्ब १ करोड ९१ लाख पाउने भएको छ । इन्द्रसरोवर गाउँपालिकालाई २० करोड ६७ लाख, कैलाशलाई २६ करोड २३ लाख, बकैयालाई ४० करोड, बागमतीलाई ३१ करोड ३३ लाख, भीमफेदीलाई ३३ करोड, ६३ लाख, मकवानपुरगढीलाई ३८ करोड ९७ लाख, मनहरीलाई ३३ करोड ९७ लाख र राक्सिराङ गाउँपालिकालाई ३० करोड ३८ लाख बजेट विनियोजन गरिएको छ ।

Comments

KATHMANDU WEATHER