Byroad News

Loading...

पसलमा भीड गर्ने व्यवसायी र दुरुपयोग गर्ने अटो प्रहरी नियन्त्रणमा


पसलमा भीड गर्ने व्यवसायी र दुरुपयोग गर्ने अटो प्रहरी नियन्त्रणमा

 हेटौंडा/२१ जेठ 
हेटौंडाका व्यवसायी हिरालाल केशरीलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी बिरामी बोक्न प्रयोग गरिने अटो रिक्सामा खाद्यान्न बोक्ने एक अटो रिक्सा पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको बजार अनुगमन टोलीलाई अटेर गरेपछि उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेको टोलीले भिडभाड नगरी व्यवसाय गर्न दिएको निर्देशनलाई वेवास्ता गरेपछि प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको टोलीले उहाँलाई नियन्त्रणमा लिएको हो । 
उहाँलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । केशरीले प्रशासनलाई अटेर गरि भिडभाड गरेर व्यापार गरेको पाइएको जनाएको छ ।

यसैगरी, हेटौंडामा निषेधाज्ञामा एम्बुलेन्सको रुपमा संचालनमा ल्याएको अटो रिक्साको दुरुपयोग गरि खाद्यान्न बोकेको एउटा अटो रिक्सा पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

 जिप्रकाका प्रशासकीय अधिकृत न्यौपाने र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटा नेतृत्वको संयुक्त अनुगमन टोलीले हेटौंडामा बिरामी नबोकी खाद्यान्न बोकेको अवस्थामा एउटा अटोलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रशासन कार्यालयले हेटौंडा-१९ नम्बर वडाको निम्ति अटो एम्बुलेन्सको रूपमा अनुमति दिएको ना २ ह १०५९ नम्बरको अटो बिरामी नबोकी खाद्यान्नसहित प्रयोजन भन्दा बाहिरको मान्छे बोकेको अवस्थामा हेटौंडा-१० बसपार्कबाट नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको अटोलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ। हेटौंडामा अनुगमन कार्यलाई तीब्र पारेको छ । यस अघि तोकेको समय भन्दा बाहेकका समयमा र नखोल्न भनिएका पसलहरु खोल्ने व्यवसायीहरुलाई कार्बाही गरिसकेको छ ।

Comments

KATHMANDU WEATHER