Byroad News

Loading...

जन कल्याणको भवन अपुरो छोड्ने ठेकेदारलाई कार्बाही गरिने


जन कल्याणको भवन अपुरो छोड्ने ठेकेदारलाई कार्बाही गरिने

हेटौंडा/२० जेठ 
जिल्ला समन्वय समिति मकवानपुरले थाहा नगरपालिकास्थित जन कल्याण माविको भवन निर्माण पूरा नगर्ने ठेकेदार कम्पनीबिरुद्ध कार्बाही प्रकृया सुरु गर्ने निर्णय गरेको छ ।
बिहीबार जिसस मकवानपुरको बैठकले पटक पटक म्याद थप्दा समेत विद्यालय भवन निर्माण सम्पन्न नगरेको हुँदा कम्पनी बिरुद्ध कानुनी कार्बाही सुरु गर्ने निर्णय गरेको हो ।

जन कल्याण मावि तत्कालिन जिल्ला विकास समितिमार्फत भारतीय महावाणिज्य दुतावासको ३ करोड २८ लाख रुपियाँको सहयोगमा निर्माणको ठेक्का सम्झौता भएको हो । तर, पटक पटक म्याद थप गर्दा समेत विद्यालयको भवन निर्माण हुन नसकेपछि कार्बाही प्रकृया सुरु गर्ने निर्णय गरिएको जिसस प्रमुख रघुनाथ खुलालले बताउनुभयो । ठेकेदार कम्पनीलाई प्रचलित ऎन बमोजिम कार्बाहीको प्रकृया तत्काल सुरु गर्ने जनाएको छ । 
जन कल्याण मावि नमुना विद्यालयको सुचिमा परेको विद्यालय हो । विद्यालयमा प्राविधिक तथा साधारणतर्फ कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।

 

Comments

KATHMANDU WEATHER