Byroad News

Loading...

थाहामा संक्रमण दर घट्दै, बिहीबार २९ प्रतिशतमा संक्रमण


थाहामा संक्रमण दर घट्दै, बिहीबार २९ प्रतिशतमा संक्रमण

थाहानगर/२० जेठ 
थाहा नगरपालिकामा कोरोना संक्रमण दर घट्न थालेको छ । बिहीबार गरिएको एन्टीजेन परिक्षणले यो कुरा पुष्टि गरेको हो । बिहीबार १७ जनाको परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको छ । यो परिक्षणको २९.४१ प्रतिशत हो । 
बिहीबारसम्म कुल १ हजार १ सय ७४ जनाको कोरोना परिक्षण गरिएकोमा ५ सय ८६ जनामा संक्रमण भएको पाइएको छ । यो कुल परिक्षणको ४३.५२ प्रतिशत हो । तीमध्ये ६९ जना निको भइ घरमा छन् । ६ जनाको मृत्यु भएको छ । ८ जना बज्रबाराही आइसोलेसनमा छन् भने २२ जनाको नगरबाहिर उपचार भइरहेको छ । अझै ४ सय ८१ जना होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहेका बिरामीहरुसङ्ग नियमित सम्पर्कमा रहेको डा. रिकेश कार्कीले बताउनु भयो ।
यसैगरी, बुधबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले सबै बिरामीको घरघर पुगेर अवस्था बुझ्न वडा कार्यालयहरुलाई अनुरोध समेत गरेको छ । बिरामीको अनुगमनसङ्गै प्रत्येक विरामीलाई १५ थान सर्जिकल मास्क र एउटा साबुन दिने निर्णय समेत गरेको थियो ।

Comments

KATHMANDU WEATHER