Byroad News

Loading...

आग्रामा कोरोना संक्रमितलाई पौष्टिक आहार वितरण


आग्रामा कोरोना संक्रमितलाई पौष्टिक आहार वितरण

 आग्रा/२० जेठ 
कोरोना संक्रमितलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै थाहा नगरपालिका ७ वडा कार्यालयले पौष्टिक आहारसहित स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

२० जेठमा वडा कार्यालय आसपास रहेका २६ जना कोरोना संक्रमितहरु सो वितरण गरिएको वडाध्यक्ष सोनम सिं मुक्तानले बताउनु भयो । 

हरेक बिरामीलाई एक किलो चना, १५ वटा अण्डा, एउटा साबुन, १५ थान सर्जिकल मास्क र एउटा सेनिटाइजर वितरण गएइएको हो ।

अन्य बाकी संक्रमितहरुलाई शुक्रबारदेखि वितरण गरिने जनाएको छ । थाहा ७ मा बुधबारसम्म १ सय ४६ जनाको परिक्षण गरिएकोमा ५४ जनामा संक्रमण देखिएको छ । सबै आइसोलेसनमा छन् ।

Comments

KATHMANDU WEATHER