Byroad News

Loading...

पानोरमाद्वारा कोरोना विपदका लागि एक लाख सहयोग


पानोरमाद्वारा कोरोना विपदका लागि एक लाख सहयोग

थाहानगर/२० जेठ 
दामनस्थित एभरेष्ट पानोरोमा रिसोर्ट प्रा.लि.ले कोरोना विपद कोषमा एक लाख रुपियाँ सहयोग उपलब्ध गरेको छ । 
कृषि विकास बैंकमा रहेको थाहा नगरपालिकाको खातामा रकम जम्मा गरेर सहयोग पुर्याएको हो । 

रिसोर्ट संचालक रबि चन्द्र हमालले थाहा नगरको दु:ख सुखमा आफ्नो पनि त्यत्तिकै दायित्व र कर्तव्य रहेको भन्दै विपदमा सहयोग पुर्याउनु भएको हो । 

विपद कोषमा प्राप्त रकमबाट नगरले कोरोना न्यूनिकरणका लागि सामग्री खरिद गर्ने नगर प्रमुख लवशेर विष्टले बाइरोडलाई बताउनु भयो । थाहानगरमा फैलिएको कोरोना न्यूनिकरणका लागि सहयोगी दाताहरुबाट सामग्रीहरु समेत वितरण हुँदै आएको छ । 

Comments

KATHMANDU WEATHER