Byroad News

Loading...

भेरी अस्पताल प्रकरण

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई फौजदारी मुद्दा लगाउन छानबिन समितिको सिफारिस, अस्पताल सुधारका विषय पनि प्रतिवेदनमा

भेरी अस्पताल प्रकरण

काठमाडौं/२० जेठ

नेपालगन्जस्थित भेरी अस्पतालको घटना छानबिन गरी प्रतिवेदन बुझाउन बनेको समितिले आरोपितलाई फौजदारी अभियोगको मुद्धा लगाउन सिफारिस गरेको छ।

गत बिहीबार भेरी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएपछि आफन्तले आइसियुमा खटिएका चिकित्सक तथा नर्सलाई हातपात गर्नुका साथै घाँटी थिचेका थिए। समितिले गत सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदन हिजो बाँकेमा सार्वजनिक गरेको बताइएको छ। प्रजिअ गेगालका अनुसार प्रतिवेदनमा दोषीलाई कार्बाही हुनु पर्ने उल्लेख छ । साथै, अस्पतालको व्यवस्थापन सुधारका कुरा पनि प्रतिवेदनमा उल्लेख छ । उहाँले प्रतिवेदनलाई उदृत गर्दै आफन्तको मृत्युपछि आवेगमा आएर भएको भन्ने समितिको प्रतिवेदनमा उल्लेख भएपनि दोषीलाई फौजदारी अभियोगमा कारबाही गर्न सिफारिस गरिएको बताउनु भयो । 

प्रजिअ गेगालले दोषी कानुनी दायरामा आइसकेको हुँदा आवश्यक कारबाही हुने बताउनु भयो । प्रतिवेदनमा अस्पतालले कुरुवालाई पास नदिने, आइसियुमा जान नदिने, स्वास्थ्य मापदण्ड पालना गर्नेलगायतका सवालहरु उल्लेख छ । घटनामा संलग्नहरुले राजनीतिक शक्तिको धम्की दिँदै स्वास्थ्यकर्मीसँग मृत्युको बदला लिने भन्दै आक्रमण गरिएको आरोप थियो । उनीहरुको आक्रमणबाट बच्न चिकित्सक तथा नर्स शौचालयबाट हामफालेका थिए । घटना भएको भोलिपल्ट अर्थात गत शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा छानछिन समिति गठन गरिएको थियो । 

Comments

KATHMANDU WEATHER