थाहानगर/२० जेठ
हावाहुरीका कारण केहि स्थानहरुका तार झुलिएका कारण विद्युत् अवरुद्ध हुँदै आएकोले शनिबार मर्मतका लागि विहान १० बजेदेखि ५ बजेसम्म विद्युत् अवरुद्ध गरि मर्मत गरिन लागेको हो ।
आउँदो शनिबार जेठ २२ गते थाहानगरलगायत उत्तरी मकवानपुरमा दिनभरि विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पालुङका अनुसार मर्मत कार्यका कारण दिनैभरि विद्युत् आपूर्ति बन्द हुने भएको हो ।
केहि दिनदेखिको वर्षा तथा हावाहुरीले विभिन्न स्थानमा पोलहरु ढलेका थिए । जुरीखेत—देउराली र कलंकी—मार्खु खण्डमा पहिरो तथा हुरीले कतिपय ठाउँका पोलहरु ढल्किएका छन्भने कतिपय पोलहरु ढलेका छन् । यसैगरि, हावाहुरीका कारण केहि स्थानहरुका तार झुलिएका कारण विद्युत् अवरुद्ध हुँदै आएकोले शनिबार मर्मतका लागि विहान १० बजेदेखि ५ बजेसम्म विद्युत् अवरुद्ध गरि मर्मत गरिन लागेको हो ।
यसैगरि, शनिबार नै इन्द्रसरोवरको कलंकीदेखि सिस्नेरी हुँदै ईपा र कलंकी— फाखेल—चखेल—हुमाने खण्डमा पनि मर्मत सुधार गरिने हुँदा त्यस भेगमा समेत विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । मर्मत कार्यका कारण सो दिन पालुङ वितरण केन्द्रअन्तर्गत ईन्द्रसरोवर गाँउपालिका, थाहा नगरपालिका, कैलाश गाँउपालिका र भिमफेदी गाँउपालिकाको ८ र ९ नं. वडाहरुमा विद्युत अवरुद्ध हुनेछ ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments