हेटौंडा/२० जेठ
हेटौंडाको नवलपुरमा २० जेठ बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चितवनमा उपचार गरेर घर लैजादै गर्दा जितबहादुर थिङ चढेको एम्बुलेन्स दुर्घटनामा परेको हो । ६६ वर्षका थिङ कोरोना संक्रमित भई १४ दिन अस्पतालमा उपचार गराएर घर फर्कदै थिए ।
बागमती प्रदेशको ०१–००२५ च ३६३८ नम्बरको एम्बुलेन्सले ना. ६ ख ४३८० नम्बर ट्रकलाई ठक्कर दिएको थियो । चालकसहित एम्बुलेन्समा सवार अन्य २ जना घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बागमती–४ सर्लाही जाने क्रममा बिहान साढे चार बजेको समयमा हेटौंडाको नवलपुरमा एम्बुलेन्स दुर्घटनामा परेको हो ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments