थाहानगर/१९ जेठ
कोरोना संक्रमित भई बज्राबाराहीस्थित आइसोलेसनमा बसेका बिरामीहरुलाई पौष्टिक आहारको रुपमा खुवाउन कमवानपुर कुखुरा व्यवसायी संघले अण्डा वितरण गरेको छ ।
१९ जेठमा थाहा नगरपालिका मै पुगेर संघले नगर प्रमुख लवशेर विष्टलाई प्रारम्भिक चरणमा १ हजार २ सय ६० वटा अण्डा हस्तान्तरण गरेको हो । संघले आइसोलेसनमा बसेका बिरामीहरुलाई एक महिनासम्म प्रति बिरामी दैनिक २ वटाका दरले उपलब्ध गराउने प्रतिवद्दता समेत व्यक्त गरेका छन् । अण्डा ग्रहण गर्दै नगर प्रमुख विष्टले कोरोना महामारीको अन्त्यका लागि सबै मिलेर लाग्नु पर्ने बताउनु हुँदै थाहानगर मै आएर सहयोग उपलब्ध गराएको प्रति धन्यवाद दिनुभयो ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments