आज थाहानगरस्तरीय कोरोनिनिसको बैठक बस्दै, अब के होला त निषेधाज्ञा?
हालसम्म ४४.७२ प्रतिशतमा संक्रमण
थाहानगर/१९ जेठ
आज (१९ जेठ) थाहानगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति (कोरोनिनिस) को बैठक बस्दैछ ।
बिहान ११ बजे नगरपालिकामा बस्ने बैठकले अहिलेसम्मको कोरोनाको प्रभाव तथा निषेधाज्ञाको असरका विषयमा समीक्षा गरि उपयुक्त निर्णय गर्ने बुझिएको छ ।
थाहा नगरपालिकाको सिफारिसमा भोलि २० जेठसम्म निषेधाज्ञा जारी छ । हाल कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरि गाउँ गाउँ टोल टोलमा एन्टिजेन परिक्षण तथा पिसिआर परिक्षणका लागि स्वाव संकलनको काम नियमित भैरहेको समितिले जनाएको छ ।
मङ्गलबारसम्म १ हजार १ सय २७ जनाको स्वाव परिक्षण गरिएकोमा ५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । यो कूल परिक्षणको ४४.७२ प्रतिशत हो । सरकारी मूल्याङ्कनअनुसार यो उच्च प्रभावित दर हो ।
अहिले बिहान ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यक वस्तुहरुको (खाद्यान्न, तरकारी, फलफुल, माछामासु, कृषि सामग्री) पसलर २४ सै घण्टा औषधि पसल खोल्न पाउने र पास र तोकिएका सवारी बाहेक अन्य सबै सवारी चलाउन नपाउने प्रावधानसहित निषेधाज्ञा जारी छ ।
समितिले अझै पनि कम्तिमा एक साताका लागि अहिले कै अवस्थामा निषेधाज्ञा थप गर्न सिफारिस गर्न सक्ने सम्भावना छ । यसैगरी, परिक्षणको दायरा बढाउदै नयाँ परिक्षण बढाउने र होम आइसोलेसन बसिरहेकाहरुलाई निश्चित अवधि पछि लक्षण भएका बिरामीको मात्र परिक्षण गर्ने नीति अबलम्बन गरिने सम्भावना छ ।
Comments