हेटौंडा/१८ जेठ,
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाहरुमा अनुगमन गरि निषेधाज्ञा उलंघन गरेका व्यवसायीहरुबाट जरिवाना असुली गरेको छ ।
टोलीले १८ जेठमा हेटौंडा ४, ५, ६, ९, १६ र १७ नम्बर वडामा अनुगमन गरी उलंघन गरेकाहरुलाई जरिवाना गरेको प्रेस नोट जारी गरि जनाएको छ । नोटमा "व्यवसायीहरूले निषेधाज्ञा उल्लंघन गरी पसल व्यवसाय सञ्चालन गरेको पाइएकोमा निजहरूलाई कोभिड -१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा १ (क) बमोजिम कारबाही गरिएको" उल्लेख छ ।
अनुगमन टोलीले राममणी तिमलसिना, मदनकुमार तिमलसिना, कुलबहादुर बयलकोटी, रामकुमार विडारी, जमुना भण्डारी, कल्पना शर्मा, रिता श्रेष्ठ, मेहबुब आलम, संजय चौधरी, सागर सापकोटा, सुरज बानियाँ, राजेश महतो समेतबाट ४२ हजार रुपियाँ जरिवाना संकलन गरिएको प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाद्वारा जारी प्रेस नोटमा जनाएको छ ।
-
-
-
2 months agoथाहाको बजेट ९१ करोड

Comments