थाहामा मङ्गलबार १९ संक्रमित थपिए
निको हुनेको संख्या ६३ पुग्यो
थाहानगर/१८ जेठ
थाहा नगरपालिकामा १८ जेठ (मङ्गलबार) कोरोना संक्रमितको संख्यामा १९ जना थप भएका छन् भने ८ जना निको भएका छन् । मङ्गलबारसम्म कोरोना संक्रमितको संख्या ५ सय ६५ जना पुगेको छ । होम आइसोलेसनमा बसेर निको हुनेहरुमा थाहा १ का २, ३ का २, ५ का १ र ६ का ३ जना छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा एन्टिजेन विधिबाट १५ जनाको परिक्षण गरिएकोमा १० जनाको पोजेटिभ रिपोर्ट आएको डा. रिकेश कार्कीले बताउनु भयो । यसैगरी, स्वास्थ्य चौकी बज्रबाराहीमा ३ जनाको परिक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, फिल्ड अन्तर्गत थाहा ७ मा १३ जनाको परिक्षण गरिएकोमा ७ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको छ । १८ जेठमा पोजेटिभ हुनेहरुमा थाहा १ का १, २ का १, ३ का २, ४ का २, ६ का ४, ७ का ७ र १०, ११, १२ का १/१ जना छन् ।
आजै स्वासप्रस्वासमा समस्या भएर उपचारमा आएका थाहा ४, ६ र १२ का १/१ जनालाई थप उपचारका लागि हेटौडा रिफर गरिएको डा. कार्कीले बताउनु भयो । मङ्गलबारसम्म थाहामा कुल संक्रमित ५ सय ७३ जनामध्ये ६३ जना निको भई सामान्य अवस्थामा फर्किसकेका छन् । ६ जनाको मृत्यु भएको छभने २३ जनाको नगर बाहिरका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । ८ जना बज्रबाराही आइसोलेसनमा छन् । अन्य सबै होम आइसोलेसनमा छन् ।
Comments