Byroad News

Loading...

काठमाडौं आइपुग्यो चिनियाँ खोप


काठमाडौं आइपुग्यो चिनियाँ खोप

काठमाडौँ । १८ जेठ, 
चीनले नेपाललाई अनुदानमा दिएको ८ लाख डोज खोप १८ जेठमा (आज) काठमाडौँ आइपुगेको छ ।

आज नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गर्नु भएको थियो ।

बाँकी दुई लाख खोप तिब्बतले दिनेछ । यसमध्ये ५० हजार ४०० डोज विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ । अर्को ५४ हजार २०० डोज साँझ काठमाडौं आइपुग्ने छ भने ९९ हजार २०० डोज खोप भोलि विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

Comments

KATHMANDU WEATHER