Byroad News

Loading...

कालो ढुसीबारे जान्नैपर्ने कुरा

ब्ल्याक फंगससमेत भनेर चिनिने यस रोगको प्रारम्भिक लक्षणमा अनुहार, मुख, नाक र आखाँवरिपरि दुख्ने हुन्छ

कालो ढुसीबारे जान्नैपर्ने कुरा

काठमाडौँ । १८ जेठ

कोरोना भाइरसबाट संक्रमित भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी(म्युकरमाइकोसिस) को संक्रमण नेपालमा पनि केहीमा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो संक्रमण विरलै देखिने तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा ध्यान पुर्‍याउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । ब्ल्याक फंगससमेत भनेर चिनिने यस रोगको प्रारम्भिक लक्षमा अनुहार, मुख, नाक र आखाँवरिपरि दुख्ने हुन्छ । यसका कारण ज्वरो आउने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने पनि गर्छ । आँखाको ढकनी सुनिने, र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने तथा नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने र दाँत दुख्ने वा हल्लिने पनि यसको लक्षण भएको मन्त्रालयले जनाएको छ ।

४५ देखि ६५ वर्ष उमेर समूह, मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिबायोटेक वा स्टेरोइड औषधि सेवन गरिरहेकाहरुलाई कालो ढुसीको संक्रमण हुने उच्च जोखिम रहन्छ ।

घरमा आइसोलेसनमा बस्दा यो कालो ढुसीबाट बच्न विभिन्न उपायहरु अपनाउन सकिने चिकित्सकहरुको सुझाव छ । कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने पनि चिकित्सकको भनाइ छ । कालो ढुसीबाट संक्रमित भएकाको उपचारमा ‘एम्फोटेरिसिन–बी’ नामक औषधि प्रयोग गरिन्छ ।

संक्रमण रोकथामका लागि अपनाउनुपर्ने उपायहरु

  • सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुन: प्रयोग नगर्ने
  • नुनिलो पानीले नाक सफा गर्ने
  • नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
  • व्यक्तिगत स्वच्छतामा ध्यान दिने
  • जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने
  • सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने
  • घरबाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने
  • धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
  • पोभिडिन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
  • स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्नेस्रोत : स्वास्थ्य मन्त्रालय

स्रोत : स्वास्थ्य मन्त्रालय

Comments

KATHMANDU WEATHER