बाइरोड ।थाहानगर।१८ जेठ
कलाकार मदनकृष्ण श्रेष्ठले सबैको मायाको बलले आफूले कोरोनालाई जितेको बताएका छन् । कोरोना संक्रमण पुष्टी भएपछि दुई पटक अस्पताल भर्ना भएका मदनकृष्ण एक साताअघि घर फर्किएका थिए । घर फर्किएको एक सातापछि उनले १८ जेठमा ‘कृतज्ञता ज्ञापन’ भन्दै फेसबुकमा स्टाटस लेखेका छन् ।
‘मलाई माया, शुभेक्षा र आर्शिवाद वर्षाउँदै, मेरो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा दर्शक–श्रोता, नर्श, डाक्टर अनी पृथ्वीभरिका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु’ मदनकृष्णले हाँस्य शैलीमा भनेका छन्, ‘यहाँहरुको आशिर्वाद लाग्यो मलाई । यहाँहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी विषलाई मज्जाले पचाईयो ।’
कोरोनाले आफूलाई निकै गाह्रो बनाएको भएपनि सबैको आर्शिवादले आफूले जितेको उनले बताएका छन् । मदनकृष्ण पहिलो पटक ८ दिन र दोश्रो पटक १४ दिन मेडिसिटी अस्पतालमा उपचार गराएर घर फर्किएका हुन् ।
डाक्टरहरुले आफ्नो शरीरमा एन्टिजेन बनिसकेको र अब आफूबाट कसैलाई कोरोना नसर्ने र आफूलाई पनि अरुबाट नसर्ने बताएपछि घर फर्किएको मदनकृष्णले सामाजिक संजालमा उल्लेख गरेका छन् ।
आफ्नो पीसीआर नेगेटिभ आएपछि मात्र सबैलाई सुनाउने भनेर उनी केही नलेखी बसिरहेका थिए । तर, १७ जेठमा गरिएको पीसीआर परीक्षणमा घरका सबै सदस्यको नेगेटिभ देखिएपनि आफ्नो अझै पोजिटिभ नै देखिएको उनले बताएका छन् । तर, डाक्टरका अनुसार आफ्नो शरीरका भाइरसहरु सबै मरिसकेकोले त्यसले केही असर नगर्ने मदनकृष्णले जनाएका छन् ।
अहिले आफूमा थोरै शिथिलता कायम रहेको र त्यो पनि विस्तारै बिस्तारै कम हुदै गएको उनको भनाई छ ।
उनले अहिलेको अवस्थामा सरकारले कोरोना महामारीलाई पहिलो प्राथमिकता दिएर जती सकिन्छ छिटो जनतालाई भ्याक्सिन लगाउनुर्ने सुझाव पनि दिएका छन् ।
‘अहिलेको अवस्थामा सरकारले कोरोनालाई पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जती सकिन्छ छिटो भ्याक्सिन दिएर जनताको ज्यान बचाउनतिर लाग्न सम्झाउन चाहान्छु’ मदनकृष्णले भनेका छन्, ‘जनता नै भएन भने कसलाई शासन गर्ने ? होइन त ?’
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments