Byroad News

Loading...

बालिकामाथि यौन दुरुपयोगको आरोपमा थाहाका एक युवक पक्राउ


बालिकामाथि यौन दुरुपयोगको आरोपमा थाहाका एक युवक पक्राउ

○सुरेन्द्रमान प्रधान/थाहानगर/१८ जेठ 
थाहा नगरपालिका ६ लिलाखेलकी ८ वर्षिय बालिकामाथि यौन दुरुपयोगको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा ६ लिलाखेलका २६ वर्षिय राजु बलामी हुन् । 

१७ जेठ दिउँसो मादक पदार्थ सेवन गरि बालिकामाथि यौन दुरुपयोग गरेको भनि परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पालुङले बलामीलाई पक्राउ गरेको हो । आरोपित बलामीले बालिकालाई फिल्म देखाउछु भनी आफ्नो कोठामा बोलाएर यौन दुरुपयोग गरेको उजुरीमा उल्लेख छ ।

बलामीले बालिकालाई चुम्बन गरि लिङ्गले पेटमा घर्षण गरेको आरोप छ । बालिकालाई मैथुन समेत गर्न दबाद दिएको बालिकाले प्रारम्भिक बयानमा बताएकी छिन् । आमाले बोलाए पछि बालिकाले बाहिर गएर दुर्व्यवहार बारे बताएकी थिइन् । त्यसपछि प्रहरीमा उजुरी गरेपछि प्रहरीले बलामीलाई घरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका बलामीलाई  मुलुकी फौजदारी कार्यविधि (संहिता) ऎन, २०७४, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऎन २०७४) को दफा २२५ अनुसार बाल यौन दुरुपयोगको अभियोगमा म्याद थप गरि अनुसन्धान गर्न जिल्ला अदालत चलान गरेको छ । आरोप पुष्टि भएमा बलामीलाई ३ वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना हुन सक्नेछ । 

मुलुकी फौजदारी कार्यविधि (संहिता) ऎन २०७४, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऎन २०७४) को दफा २२५ को दफा २ मा "कसैले करणीका आशयले बालबालिकालाई अस्वभाविक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसङ्ग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ ।" भनी व्याख्या गरिएको छ । आरोपी बलामी अविवाहित हुन् ।

Comments

KATHMANDU WEATHER