Byroad News

Loading...

समाज होस् त यस्तो !


समाज होस् त यस्तो !

बाइरोड/आग्रा/१७ जेठ 
            अहिले मुलुकभर कोरोना संक्रमणको दर निक्कै उकालो लागिरहेको छ । संक्रमितलाई समाजले मात्र होइन परिवारले नै हेला गरेका कयौं समाचारहरु तपाईं हामीले सुन्दै र देख्दै आएका छौँ तर, संक्रमितलाई हेला होइन माया गर्नु पर्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् थाहानगर ७ सल्ले र राम्चेका युवाहरुले ।
            थाहा ७ आग्रा सल्ले राम्चे युवा समुहले गाउँका कोरोना संक्रमित ८ जनालाई पोषिलो खानेकुरा अन्तर्गत कुखुराको फुल प्रति व्यक्ति १/१ क्रेट वितरण गरि सान्त्वना दिइएको हो । १७ जेठमा समूहले आफ्नो कोषमा रहेको रकम खर्चेर सल्लेका ५ जना र राम्चेका ३ जनालाई घरघर मै पुगेर फुल वितरण गरिएको आग्राका जागरुक युवा शुभराज गोलेले बताउनु भयो ।
            समूहले बिसन्चो भएमा तत्काल स्वास्थ्य परिक्षण गरि ढुक्क हुन समेत आग्रह गरेको छ । संक्रमित तथा तिनका परिवारलाई सुरक्षित रहन आग्रह गर्दै आत्मबल बलियो बनाएर कोरोनासङ्ग लड्न समूहले सान्त्वना दिएको छ । समूहले संक्रमितहरुलाई कुनै समस्या परेमा छिमेकीलाई जानकारी गराउन समेत अनुरोध गरेको छ । १३ जेठमा २२ जनाको परिक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण देखिएको हो । सल्ले र राम्चेमा ३७ घर परिवार छन् ।

Comments

KATHMANDU WEATHER