बाइरोड।थाहानगर।१७ जेठ
कोभिड—१९ को दोस्रो भेरियन्टका कारण स्थगित कक्षा ८ को परीक्षाको नतिजा जेठ २५ गतेभित्र तयार गर्न सबै विद्यालयहरुलाई निर्देशन दिइको छ ।
भौतिक उपस्थितिमा परीक्षा संचालनको सम्भावना नरहेको जनाउँदै हेटौंडा उपमहानगरपालिकाको शिक्षा शाखाले आन्तरिक मूल्याङ्कन विधिलाई अबलम्बन गरेर नतिजा तयार पार्न निर्देशन दिएको हो ।
हेटौंडा उपमहानगरपालिकाको शिक्षा शाखाले पत्रमार्फत् सबै विद्यालयहरुलाई यस्तो निर्देशन दिएको हो । शिक्षा शाखाले प्रधानाध्यापकको संयोजकत्वमा कक्षा शिक्षक र परीक्षा संयोजक सदस्य रहने गरी मूल्याङ्कन समिति गठन गर्न भनिएको छ । निर्देशनमा मापदण्ड बमोजिम अंक निर्धारण गरिसकेपछि अंक प्रविष्टी गर्न प्रयोगात्मक अंक प्रविष्टी गर्दा डाउनलोड गरिएकै टेम्प्लिेटमा सैद्दान्तिक अंक प्रविष्ट गर्ने अथवा शिक्षा तथा मानव विकास केन्द्रको अनलाइल पोर्टलमा आफ्नो विद्यालयको आइडीबाट अगइन गरी एक्पोर्ट एक्सलमार्फत् अंक प्रविष्ट गर्न निर्देशन दिएको छ ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments