सुरेन्द्रमान प्रधान/थाहानगर/१६ जेठ
कोरोना संक्रमण दर वृद्धिसङ्गै थाहानगरलाई विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट स्वास्थ्य सामग्रीहरु सहयोग थपिदै गएको छ ।
१६ जेेठमा मकवानपुर उद्योग वाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ प्रा.लि. र सार्वजनिक यातायात प्रा.लि.को तर्फबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । यी संस्थाहरुको तर्फबाट नगरपालिकालाई ७ लिटरको अक्सिजन कन्सर्ट्रेटर १ थान, सेनिटाइजर १० लिटर र १ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको हो । संस्थाहरुको तर्फबाट जिल्लाका विभिन्न पालिकाहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्ने क्रममा थाहा नगरपालिकालाई पनि हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामग्री बुझ्दै नगर प्रमुख लवशेर विष्टले सबै मिलेर कोरोना परास्त गर्नु पर्ने बताए । उनले नगरलाई संघहरुको तर्फबाट उपलब्ध सामाग्रीहरु भन्दा पनि दुखेको घाउमा मलम लगाउने अभियान नै ठूलो भएको बताए । नगरपालिकामै हस्तान्तरण गरिएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, नारायणी यातायात व्यवसायी संघ प्रा.लि.का सचिव सरोज खनाल, सार्वजनिक यातायात प्रा.लि.का अध्यक्ष ज्ञानेन्द्र कार्की, नगर उपप्रमुख खड्ग गोपाली, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष अरुण रायमाझीलगायतको उपस्थिति थियो । कोरोनाविरुद्दको अभियानमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरुलाई नगरले एकद्वार प्रणालीबाट सहयोग लिदै आएको र आवश्यक स्थानहरुमा वितरण गरिदै आएको नगरपालिकाले जनाएको छ ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments