थाहानगर/१३ मंसिर
पालुङ जेसीजको २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको पाँचौं दिन मंसिर १३ गते थाहा नगरपालिका ४ स्थित ऋषेश्वर आधारभूत विद्यालय दामनमा भरत–रत्न छात्रवृत्ति वितरण गरिएको छ ।
कक्षा १ देखि ५ सम्म अध्ययनरता ५ जना गरिव विद्यार्थीलाई भरत–रत्न छात्रवृत्ति वितरण गरिएको पालुङ जेसीजका महासचिव विक्रम गोपालीले जानकारी दिनुभयो । पालुङ जेसीजका पूर्व अध्यक्ष भरत गोपाली र उहाँकी श्रीमति रत्न गोपालीले छात्रवृत्ति उपलब्ध गराउनु भएको हो ।
पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख एवम् पालुङ जेसीजका पूर्व अध्यक्ष भरत गोपालीकोे प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष जयराम खत्री, ऋषेश्वर आविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कान्छा लामा, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिं दोङ, कार्यकारिणी उपाध्यक्ष नारायण तामाङ, उपाध्यक्ष एवम् सप्ताह सह–मूल कार्यक्रम संयोजक नारायण कार्की, उपाध्यक्ष स्मिता विष्ट, सदस्य माधव कार्की, छात्रवृत्ति वितरण कार्यक्रम संयोजक रचना बस्नेतलगायतको उपस्थिति थियो ।
सप्ताह कार्यक्रम अन्तरगत भोलि शुक्रबार पालुङ जेसीज, जनप्रतिनिधि, स्थानीय संघसंस्था प्रतिनिधि, नगरपालिकाको कर्मचारी बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने कार्यक्रम संयोजक श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments