
थाहानगर/२ असोज
शिक्षा दिवशको अवसरमा थाहा नगरस्थित जनकल्याण माविले आयोजमा गरेको माविस्तरीय अन्तर विद्यालय डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
थाहा नगरना अन्तर विद्यालयस्तरीय डिजिटल हाजिरी जवाफ प्रतियोगिता पहिलो पटक आयोजना भएको हो ।
१३ वटा विद्यालय सहभागी प्रतियोगितामा बज्रबाराहीस्थित इअन इङ्ग्लिस एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा पालुङस्थित पालुङ भ्याली हार्ट एकेडेमी द्वितीय, हिमालयन इङ्ग्लिस सेकेन्डरी बोडिङ स्कुल तृतीय र कुन्छालस्थित सुनौला माविले सान्त्वना स्थान हासिल गरेको छ ।
प्रतिगोगिताका प्रथमलाई नगद ६ हजार, द्वितीयलाई ४ हजार ५ सय, तृतीयलाई ३ हजार र सान्त्वना १ हजार ५ सय, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रथम पुरस्कार पालुङ भ्याली हार्ट एकेडेमी, द्वितीय हिमालयन इङ्ग्लिस सेकेन्डरी बोडिङ स्कुल, तृतीय पालुङ अङ्ग्रेजी आवासीय माद्यामिक विद्यालय, सान्त्वना पालुङ मोडर्न इङ्ग्लिस मिडियम स्कुल र ट्रफी हिमशिखर अपसेट प्रेसले सौजन्य गरेको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षता तथा नगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्याव्सन थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधान, प्रमुख अतिथि मल्ल, प्रधानाध्यापक सानोभाइ कार्कीलगायतले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
-
3 weeks ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
1 month ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments