Byroad News

Loading...

ओखरबजारमा एमालेको १९ सदस्यीय टोल कमिटी


ओखरबजारमा एमालेको १९ सदस्यीय टोल कमिटी

थाहानगर/१३ जेठ

नेकपा एमाले थाहा नगर कमिटीको टोल कमिटी पुर्न गठन अभियानअन्तर्गत थाहा १ ओखर बजारमा १९ सदस्यीय टोल कमिटी गठन भएको छ ।

वडा कमिटीका अध्यक्ष गोविन्द गोपालीको सभाध्यक्षता र एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा भएको भेलाले अञ्जय प्रधानको अध्यक्षता टोल कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा गिता लामिछाने, सचिवमा नबिन्द्र प्रधान, उपसचिव सञ्जय प्रधान सर्वसम्मत चुनिएका छन् ।

कमिटीको सदस्यहरुमा केशवकुमार प्रधान, नन्दलाल श्रेष्ठ, सुदिप प्रधान, जयराम प्रधान, समीर प्रधान, श्रीकृष्ण प्रधान, यज्ञराम प्रधान, थकुमाया प्रधान, भरतमान श्रेष्ठ, राजन प्रधान, गोपाल प्रधान, दुर्गा विडारी, सुदर्शन प्रधान, दिपेन्द्र श्रेष्ठ र जयराम श्रेष्ठ चुनिएका छन् ।

भेलामा प्रमुख अतिथि प्रधान, जिल्ला सल्लाह परिषदका सदस्य घनश्याम अमात्य, नगर कमिटीका पूर्व सदस्यहरु प्रदिप प्रधान, धर्म प्रधान र सभाध्यक्ष गोपालीले मन्तव्य व्यक्त गर्नुभयो । भेलामा नव निर्वाचित कमिटीलाई प्रमुख अतिथि प्रधानले शपथ ग्रहण गराउनुभयो ।

Comments

KATHMANDU WEATHER