थाहानगर/२९ फागुन
नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर २ कमिटीले नव निर्वाचित नगर पदाधिकारीहरुलाई स्वागत गरेको छ ।
वडा कमिटी अध्यक्ष बिष्णुहरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष अच्युतम प्रसाद ढकाललाई बिदाई गर्दै नव निर्वाचित नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानलगायतलाई टीका र खादा लगाएर स्वागत गरिएको हो ।
कार्यक्रममा पूर्व अध्यक्ष ढकालले अब आफ्नो भूमिका परिवर्तन भएको बताउदै आफू थाहाको विकास निर्माणतर्फ जोडिने बताउनु भयो । कार्यक्रममा नगर अध्यक्ष प्रधानले वडा कमिटीले जनताको कार्यक्रममा जोड्दै नियमित कार्यक्रम गर्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठले थाहा नगरको २ नम्बर वडा राजनीतिक हिसाबले ऎतिहासिक रहेकोले त्यसको महत्त्व बुझेर काम गर्न बताउनु भयो ।
कार्यक्रममा स्थानीय बिनोद कार्की, विष्णु कार्की, दशरथ कार्की र सुजन कार्की नेकपा एमाले प्रवेश गर्नु भएको छ । नव प्रवशीहरुलाई प्रमुख अतिथि श्रेष्ठ, नगर अध्यक्ष प्रधान र पूर्व अध्यक्ष ढकालले टीका र खादा लगाएर स्वागत गर्नुभयो ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments