थाहानगर/२२ फागुन
नेकपा एमाले थाहा नगर अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नु हुने भएको छ ।
फागुन २८ गते प्रमुख अतिथि पोखरेलले जेसीज हलमा हुने तेस्रो नगर अधिवेशनको उद्घाटन गर्नु हुने कार्यक्रम तय भएको एमाले नगर अधिवेशन आयोजक कमिटी संयोजक अच्युतम प्रसाद ढकालले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन सत्रका लागि एमाले पोलिटव्युरो सदस्य तथा मकवानपुर ईञ्चार्ज देवी ज्ञवाली, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेललगायतको आतिथ्यता रहने जनाएको छ ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई जना उपसचिवसचिव पदाधिकारी सहित अधिकतम ७५ सदस्यीय नगर कमिटीको निर्वाचन गर्नेछ । महत्त्वका साथ हेरिएको यो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने विश्वास लिइएको छ । अधिवेशनका लागि खुल्ला १ सय १३, महिला ४० र दलित २३ गरि कुल १ सय ७६ जना प्रतिनिधिहरु वडा अधिवेशनबाट चयन भइसकेका छन् ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments