थाहानगर/१५ फागुन
नेकपा एमाले थाहा नगर कमिटीको आगामी फागुन २८ गते हुने अधिवेशनका लागि सबै वडाहरुको अधिवेशन मंगलबार सम्पन्न भएको छ ।
फागुन ४ गते थाहा वडा नम्बर ११ बाट सुरु भएको वडा अधिवेशन फागुन १५ गते वडा नम्बर ५, ७ र ८ को सम्पन्न भएसंगै सम्पन्न भएको हो । फागुन १५ गते थाहा ५ मा जिल्ला कमिटी सदस्य शिवराम थापाको प्रमुख आतिथ्यतामा, थाहा ७ मा जिल्ला कमिटी सदस्य एवम् नगर सह-ईञ्चार्ज सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा र थाहा ८ मा प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
वडा नम्बर ५ मा भएको अधिवेशनले शिवराज स्याङ्तानको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी पुर्नगठन भएको छ । कमिटीको उपाध्यक्षमा मिनबहादुर पाख्रीन, सचिवमा महेश भोम्जन, उपसचिवद्वयमा जानुका कार्की र मनमाया गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ ।
५ नम्बर वडा कमिटी सदस्यहरुमा इन्द्रबहादुर वाइबा, इष्ट दोङ, सोमलाल गोले, बाबु लामा, मिना बल, सन्त बहादुर घिसिङ, श्याम गोले, पार्वती पाख्रीन, दिनेश गुरुङ, सुनिता मोक्तान, फुलबहादुर थोकर, लङ्कमाया वाइबा र सुन्दरीमाया थोकर निर्विरोध हुनु भएको छ ।
नगर अधिवेशनका लागि वडा नम्बर ५ बाट ९ जना प्रतिनिधि चयन भएको छ । खुल्लातर्फका प्रतिनिधिहरुमा श्यामसुन्दर भोम्जन, कृष्ण बहादुर मोक्तान, कमल कार्की, मीन बहादुर पाख्रीन र गणेश खड्का छनौट हुनु भएको छ । महिला प्रतिनिधिहरुमा शारदा कार्की, जानुका कार्की र बिमला पाख्रीन छनौट हुनु भएको छभने दलित प्रतिनिधिमा उर्मिला बि.क. छनौट हुनु भएको छ ।
यसैगरी, ७ नम्बर वडामा विवेक थिङको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा गोबिन्द गोङ्वा, सचिवमा देवराज गोले, उपसचिवद्वयमा सुमन गर्तौला र अञ्जना थिङ निर्विरोध चयन हुनु भएको छ ।
७ नम्बर वडा कमिटीको सदस्यहरुमा धिरज थिङ, राममाया थिङ, रविन्द्र कार्की, ऎजनाथ गर्तौला, रुपचन्द्र स्याङ्तान, सुचिन्द्र थिङ, विश्वराज थिङ, ज्ञानबहादुर कार्की, रामबहादुर लामा, विश्वमान गोले, प्रिती मोक्तान र विक्रम सिं मुक्तान निर्विरोध हुनु भएको छ ।
७ नम्बर वडाबाट १ महिला र ७ खुल्ला गरि ८ जना प्रतिनिधि छनौट भएको छ ।
महिला प्रतिनिधिमा काईलीमाया थिङ, खुल्ला प्रतिनिधिहरुमा काजीमान थिङ, दिनेश कार्की, सुनिल खत्री, भरत कार्की, अनुरोध स्याङ्तान, दिलबहादुर वाइबा र राजेन्द्र थिङ छनौट हुनु भएको छ ।
वडा नम्बर ८ बाट हेमकुमार थिङ, हेम घलान, रबिन्द्र कार्की, बद्री थापा, कृष्णबहादुर सापकोटा, दशरथ थापा, जगत थापा छनौट हुनु भएको छ । महिला प्रतिनिधिहरुमा सरस्वती कार्की र कान्छीमाया वाइबा छनौट हुनुभएको छभने दलित प्रतिनिधिद्वयमा रमेश सिन्चुरी र शालिकराम सिन्चुरी छ्नौट हुनु भएको छ ।
वडा नम्बर ८ को अधिवेशनले जगतबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा हिरालाल थिङ, सचिवमा चित्रबहादुर थिङ, उपसचिवमा अमर सापकोटा र कान्छीमाया बैला निर्विरोध चयन हुनु भएको छ । कमिटीको सदस्यहरुमा सुर्यबहादुर कार्की, अस्मिता थापा, ओमकुमारी थापा, गोकुल थापा, ज्ञानबहादुर कार्की, लेखबहादुर सापकोटा, एक बहादुर ढकाल, हेम प्रसाद आचार्य, सिताराम भण्डारी, जयराम थापा, दुतराज थिङ, रोशन सेन्चुरी, बिनोद खड्का, सोमलाल थिङ, जयराम थिङ, दिपक थिङ, झलकमान लामा, सानु लामा, मानवीर सिं थिङ, मान बहादुर पाख्रीन, राम बहादुर पाख्रीन, चन्द्र बहादुर पाख्रीन, अजय घलान, उत्तर सिं थिङ, जीवन स्याङ्तान, हरिकुमार थिङ र शंकर थिङ निर्विरोध हुनु भएको छ ।
यसैबीच, ८ नम्बरमा विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका १३ जनालाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले खादा लगाएर स्वागत गर्नु भएको छ । पार्टी प्रवेश गर्नेहरुमा हिरालाल थिङ, सोनाम स्याङ्तान, जीवन स्याङ्तान, वीरेन्द्र थिङ, जयराम मुक्तान, नवीन थिङ, जयराम घलान, सोनाम घलान, सुदिप घलान, युवराज घलान, सानुबाबु घलान र वीर बहादुर घलान रहनु भएको नेकपा एमाले थाहा नगर अधिवेशन आयोजक कमिटी सदस्य हेम कुमार थिङले जानकारी दिनुभयो ।
कार्यक्रमको अवसरमा तीन वटै वडाहरुमा एमालेका विभिन्न तहमा नेताहरुको बाक्लो उपस्थिति थियो ।
एमाले थाहा नगर अधिवेशन फागुन २८ गते हुँदैछ ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments