Byroad News

Loading...

हजार प्रश्नको जवाफ दिन तयार छु: सुवाष चन्द्र ठकुरी

एमाले अधिवेशनका लागि थाहा ९ बाट २४ प्रतिनिधि छनौट

हजार प्रश्नको जवाफ दिन तयार छु: सुवाष चन्द्र ठकुरी

थाहानगर/१२ फागुन

संविधान सभा सदस्य तथा नेकपा एमालेका नेता सुवाष चन्द्र ठकुरीले इतिहासमा कसैले गर्न नसकेको चित्लाङ-चन्द्रागिरी -थानकोट सडकको काम आफूहरुले नेतृत्व लिएर गरेको बताउनु हुँदै सो सडकका सम्बन्धमा कुनै प्रश्न छन् भने आफूसङ्ग आएर गर्दा हुने बताउनु भएको छ ।

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ९ को अधिवेशनमा ठकुरीले करोडौं रकम खर्चेर पनि बनाउन नसकेर अलपत्र परेको सडक आफूहरुले नेतृत्व लिएर गर्दा पनि रचनात्मक सुझाव दिनुभन्दा कुरा काटेर अवरोध गर्न खोजेको बताउनु भयो । ठकुरीले भन्नुभयो, 'पहिरोले बाटो अवरोध गर्दा समेत मुकदर्शक बनेर हेरिरहनेहरुले थाहा नगरको समृद्धि नचाहेका हुन् । तपाईहरुले त्यस्ता मान्छेहरुको प्रतिकार गर्दै जवाफ दिनुहोस् आऊ तिमीहरुका हजार प्रश्नको जवाफ दिन तयार छु ।" 

अधिवेशनको अवसरमा जिल्ला कमिटी सदस्य तथा थाहानगर सह-ईञ्चार्ज सुरेन्द्रमान प्रधानले चित्लाङ-चन्द्रागिरी-थानकोट सडक निर्माणमा अहोरात्र खटिनुहुने सरोकार समितिलाई धन्यवाद दिनुभयो । 

वडा कमिटी अध्यक्ष राधाकृष्ण बस्नेतको अध्यक्षतामा भएको अधिवेशनले रमेश बलामीको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ । 

कमिटीको उपाध्यक्ष मोहन कुमारी लामिछाने, सचिव श्यामलाल बलामी (ख), उपसचिवद्वय राजेन्द्र बस्नेत र उमेश सुवेदी सर्वसम्मत चयन हुनु भएको छ ।

दोस्रो वडा अधिवेशनबाट सदस्यहरुमा सन्त बहादुर बल, राम बहादुर तामाङ, राम प्रसाद खत्री, परशुराम बस्नेत, राममाया छुमी, मनोज कृष्ण गमाल, रामशरण देउला, कोपिला विश्वकर्मा, सानुमैया विश्वकर्मा, राजकुमार थिङ, अर्पणा रेग्मी, कृष्ण कपाली, शेषकान्छा मगर र शर्मिला बलामी सर्वसम्मत चयन हुनु भएको छ ।

अधिवेशनले आउँदो नगर अधिवेशनका लागि खुल्लातर्फ १४ जना र महिलातर्फ ५ जना प्रतिनिधिहरु चयन गरेको छ । खुल्लातर्फ रामकृष्ण बस्नेत, राधाकृष्ण बस्नेत, लक्ष्मण रेग्मी, द्वारिका बलामी, रामशरण नेपाल, रामकृष्ण कपाली, दिलिप कुमार बलामी, रमेश बलामी, श्यामलाल बलामी, युवराज गमाल, निर्मला बस्नेत, शशीकुमार लामा, प्रेमबहादुर डिमडुङ र परशुराम बस्नेत छनौट हुनु भएको छ । 

यसैगरी ५ जना महिला प्रतिनिधिहरुमा राममाया छुमी, सावित्री लामिछाने, शारदा लामिछाने र मोहन कुमारी लामिछाने छनौट हुनु भएको छभने दलित प्रतिनिधिहरुमा छनलाल पोडे, पदमबहादुर पोडे, चन्द्रमान पोडे, कोपिला बिश्वकर्मा, रामशरण देउला र भिमदाश पोडे अनिवार्य छनौटमा पर्नु भएको नेकपा एमाले नगर अधिवेशन आयोजक कमिटी सचिव रामकृष्ण बस्नेतले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER