Byroad News

Loading...

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारीको २१ औं साधारणसभा सम्पन्न


लालीगुराँस महिला बहुउद्देश्यीय सहकारीको २१ औं साधारणसभा सम्पन्न

थाहानगर/७ फागुन

थाहा नगरपालिका वडा न १ ओखरबजारमा स्थापना भएको लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाले २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

संस्थाका अध्यक्ष रीता प्रधानको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा जेसीज सभाहलमा भएको हो। 

साधारणसभामा अध्यक्षको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रीता प्रधानले ग्रामीण समुदायको सानो क्षेत्रबाट ४८ जना सदस्यहरुबाट सुरुवात गरिएको संस्थामा हाल थाहा १ र २ वडामा गरि ६ सय ९२ जना महिला शेयर सदस्यहरु रहेको बताउनु भयो ।

अध्यक्ष प्रधानले संस्थाले आर्थिक कृयाकलाप मात्र नगरी विभिन्न कार्यक्रम सञ्चालनमा रहेको बताउनु भयो । संस्थाले मनोसामाजिक परामर्श सेवा कार्यक्रम अन्तर्गत प्राथमिक मनोवैज्ञानिक सहयोग, व्यक्तिगत मनोविमर्श, पारिवारिक मनोविमर्श, सामुदायिक मनोविमर्श, अभिमुखिकरण, तरकारी खेती, बाख्रापालनलगायतका कार्य र घरेलु हिंसामा पीडित महिलाहरूलाई उचित न्याय दिलाउने कार्यको पनि निरन्तर भईरहने कार्यक्रम प्रस्तुत गर्नुभयो। 

अध्यक्ष प्रधानले आगामी दिनमा संस्थाको भवन स्तरोन्नति, सुत्केरी भेटघाट, नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि तालिम, किशोरी केन्द्रित कार्यक्रम, सदस्य सर्वेक्षण, शेयर सदस्य वृद्धि, कम्प्युटर सफ्टवेयर जडान, मनोसामाजिक परामर्श कार्यक्रम वडागत रुपमा संचालन गर्ने, घरेलु हिंसाको अन्त्य, लक्षित बर्गको महिलालाई कृषि तालिम तथा बीउ पुँजीको कार्यक्रमलगायतका नीति तथा कार्यक्रम अनुमोदन भएको छ ।

त्यसैगरी साधारणसभामा संस्थाका कोषाध्यक्ष नानीछोरी प्रधानले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनअनुसार संस्थाको शेयरपुजी २४ लाख ५४ हजार, बचत ८५ लाख ४४ हजार रुपियाँ र ऋण लगानी १ करोड १७ लाख रहेको छ ।

साधारणसभामा संस्थाका सचिव ऋतु कार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । 

साधारणसभामा प्रमुख अतिथि थाहा नगर उपप्रमुख भरत गोपालीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने बताउनुभयो ।

साधारणसभामा जिल्ला सहकारी संघका कोषाध्यक्ष विलमकुमार ढकाल, वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान, सुखी भविष्य वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधान, भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, लायन्स क्लव अफ थाहा पिसका अध्यक्ष गीता कार्की, मत्स्यनारायण माविकी शिक्षिका अम्बिका लामिछाने, पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्टले साधारणसभाको उपलक्ष्यमा शुभकामना दिनु भयो ।

साधारणसभामा दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी, थाहा नगर स्काउट परिषदका आयुक्त गणेशमान श्रेष्ठ, पाथिभरा सहकारीका अध्यक्ष नवराज कार्की, ल्यायम्हु पुच: मकवानपुरका सुविन्द्रमान प्रधान, फरक सोचका संयोजक यादव जंग रायमाझी, थाहा नगरपालिकाका मनोसामाजिक परामर्सदाता सुनिता बस्नेत, महिला जागृती वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमित्रा बिडारी, दलित मुक्ति मोर्चाका नगर अध्यक्ष पहलमान परियार, ॐ शान्ती ओखरबजारका प्रमुख शर्मिला प्रधान, स्वतन्त्र लेखापरीक्षक बिमल कुमार बिष्ट, थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगी, पत्रकार शम्भु अधिकारीलगायतका उपस्थिति थियो ।

साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्यहरु सम्मानित हुनुभयो । 

Comments

KATHMANDU WEATHER