थाहानगर/२७ माघ
तामाङ समुदायको सांस्कृतिक पर्व २८६० औं सोनाम ल्होछार थाहामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
यस वर्ष (ह्योई ल्हो) बिरालो वर्गलाई बिदाई गर्दै (डुक ल्हो) गरुड वर्षलाई स्वागत गरिएको छ ।
थाहा नगरपालिका–३ स्थित जनकल्याण मावि परिसरमा नेपाल तामाङ घेदुङ थाहा नगर सोनाम ल्होछार मूल समारोह समितिले विभिन्न सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रम आयोजना गर्यो।
कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले तामाङ जातिको मौलिक अधिकार सुनिश्चित गर्न र संस्कृतिलाई जोगाई नयाँ उचाइमा पुर्याउन ल्होछारले ठूलो भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रमा नेपाल तामाङ घेदुङ थाहा नगर समिति अध्यक्ष दिपेन्द्र कुमार लामाको अध्यक्षतामामा सम्पन्न कार्यक्रमा नेपाल तामाङ घेदुङ संघ पुर्व महासचिव बाबू घिसिङ, लोपेन गुरु उर्गेन पेमा छोइलिइङ गुम्बा उत्तरपानीका प्रमुख दोर्जे लामाको विशिष्ट आतिथ्यता रहेको थियो ।
थाहा नगरपालिकाका वडा अध्यक्षहरु बमबहादुर सिङतान, हिरेन्द्र रायमाझी, नारायण लामा, राजनभक्त श्रेष्ठ, शिवराज थिङ, १ नम्बरका कार्यवाहक अध्यक्ष सरोज प्रधानलगायत कार्यपालिका सदस्यहरू, नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी, माओवादी केन्द्रका नगर अध्यक्ष विनोद कुमार लामा, बलम्बु च्याउ सहकारीका कल्पना बलामी, खेलकुद विकास समिति थाहा नगर सदस्य यादव रायमाझी, थाहा मजदुर संघका उपाध्यक्ष राजकुमार कार्की, जनकल्याण मावि व्यवस्थापन समिति अध्यक्ष राजीव कुमार स्याङ्तान, पालुङ क्याम्पसका प्रमुख राजन मिश्र, रेडियो राजमार्गका शिवराज आचार्य, थाहापाटीका सम्पादक शम्भु अधिकारी, थाहा ४ का पुर्व अध्यक्ष दिपक सिंह लामा, लायन्स क्लव अफ थाहा पिसका अध्यक्ष गिता कार्की, ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्याम थापा मगरलगायतको आतिथ्यता रहेको थियो । ल्होछार बिशेष कार्यक्रममा तामाङ खानाको स्टल,भेषभुषा, गरगहना, बाजा, ढ्याङ्रो नाचलगायतको प्रदर्शनी तथा विक्री गरिएको थियोभने कलाकारहरु मिङ्स लामा, सुजना रुम्बा, अमिर भोम्जन, रजनी लामा, उत्सव सुब्बा लामा, धिरेन लामा, आशा लामासहित मकवानपुर आइडल, थाहा आइडल र हेटौंडा आइडलको समेत बेजोड प्रस्तुति दिएका थिए।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments