हेटौंडा/२३ माघ
नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा विस्तार अन्तर्गत मंगलबार एक भेलाका बीच हेटौंडा नगर समिति गठन गरिएको छ ।
भेलाले पूर्ण प्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय नगर समिति गठन भएको हो । मकवानपुर शाखा अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षतामा भएको भेलाले उपाध्यक्ष सानुकाजी पाण्डे, सचिव राजेश वाग्ले, कोषाध्यक्ष सानुकाजी बास्ताकोटी चयन हुनु भएको छ । समितिको सदस्यहरुमा विज्ञान रिमाल, राजकुमार अर्याल, दिपकराज मिश्र, दिनेश फुयाल र जागृत सुवेदी चुनिनु भएको छ ।
नव गठित पदाधिकारीहरुलाई मकवानपुर शाखा अध्यक्ष प्रधानले शपथ ग्रहण गराउदै रगतको अभावमा कोहि मर्न नदिन आफ्नो अभियान सञ्चालन गर्न बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले विभिन्न निकायहरुले रगत जाँच र रगत ब्यागको नाममा लिइरहेको शुल्क अन्त्य गर्न आवश्यक रहेको बताउनु हुँदै रक्तदाताहरु संगठित हुन आवश्यक रहेको बताउनु भयो ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments