Byroad News

Loading...

एमाले थाहा नगर अधिवेशनको तयारी तीव्र


एमाले थाहा नगर अधिवेशनको तयारी तीव्र

थाहानगर/२१ माघ

नेकपा एमालेको आशन्न नगर अधिवेशनका लागि तयारी तीव्र बनाएको छ ।

आगामी फागुन २८ गते हुने अधिवेशनलाई भव्य रुपले सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरेको छ । जसको अनुमोदन गरेर अघि बढ्न आगामी फागुन ३ गते नगर अधिवेशन आयोजक कमिटीको पूर्ण बैठक बस्ने निर्णय समेत गरेको छ ।

होटल गङ्गामा अधिवेशन आयोजक कमिटीका संयोजक अच्युतम प्रसाद ढकालको अध्यक्षतामा आइतबार बसेको बसेको सचिवालय बैठकले अधिवेशन भव्य रुपले सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरेको हो ।

बैठकले संयोजक ढकालकै संयोजकत्वमा प्रतिवेदन लेखन समिति, हेम कुमार थिङको संयोजकत्वमा आर्थिक समिति, सुमन रायमाझीको संयोजकत्वमा मञ्च तथा स्वयंसेवक व्यवस्थापन समिति, रामकृष्ण बस्नेतको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ । यसैगरी थाहा नगर भुगोल रहेका जिल्ला कमिटी सदस्यहरु रहने गरि सुरेन्द्रमान प्रधानको संयोजकत्वमा अतिथि सत्कार तथा व्यवस्थापन समिति गठन गरेको छ ।

बैठकले अधिवेशनका लागि प्रतिनिधि छनौट विधि समेत तय गरेको छ । सो प्रस्तावित विधि आगामी फागुन ३ गते हुने पूर्ण बैठकले अनुमोदन गरेपछि पारित हुनेछ । 

बैठकका क्रममा प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा मकवानपुर इञ्चार्ज देवी ज्ञवालीले कार्यकर्ताहरु चुनावी टिकटको दौड छोडेर संगठन निर्माणमा जुटे थाहा नगरमा जित हात पार्न एमालेलाई कुनै शक्तिले नरोक्ने बताउनु भयो ।

बैठकमा बागमती प्रदेश कमिटीका सदस्य तथा थाहा नगर इञ्चार्ज इन्द्रमान स्याङ्तान, जिल्ला कमिटी सदस्य तथा थाहा नगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधान, जिल्ला कमिटी सदस्यहरु कल्पना बलामी, शिवराम थापा, युवराज गोले, सुनिता दोङ, बुद्धिराम डिमडुङ, प्रदेश कमिटीका पूर्व सदस्य श्यामभक्त श्रेष्ठ, जिल्ला कमिटीका पूर्व सदस्यहरु बिमल कुमार ढकाल, बलराम थापालगायत वडा कमिटीका अध्यक्षहरुको उपस्थिति थियो ।

Comments

KATHMANDU WEATHER