थाहानगर/१९ माघ
नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य एवम् थाहा नगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधानले नागरिकको दु:खमा साथ दिने नेकपा एमालेको चरित्र रहेको बताउनु भएको छ ।
शुक्रबार एमालेका संगठित सदस्य सुन्दर खत्रीका आमा धनकुमारी खत्रीको १३ औं दिनको पुण्यतिथिमा भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथि प्रधानले दु:खसुख बाड्ने एमालेको चरित्रका कारण जनताबीच एमाले लोकप्रिय बन्दै गएको बताउनु भयो ।
३ नम्बर वडा कमिटी अध्यक्ष केदार विष्टको सभाध्यक्षतामा सञ्चालित सभामा जिल्ला कमिटी सदस्य शिवराम थापा, जिल्ला पर्यटन विभाग सदस्य नवराज कार्की, जनसंगठन नगर संयोजक बलराम थापा, रिटर्निङ फेडरेशन नेपालका केन्द्रीय लेखा समिति सदस्य युवराज बर्तौला, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु राजाराम रायमाझी, रामचन्द्र खत्रीलगायतले स्व. धनकुमारी खत्रीको तस्वीरमा फूल चढाइ श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
-
4 months agoरुदाने मार्गले थाहाको भविष्य उज्वल बनाउनेछ: बर्तौला
-
-
4 months ago"महिला उमेदवार सिफारिसको अधिकार अनेमसंघलाई"

Comments