थाहानगर/१७ माघ
नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ९ वडा कमिटीको अधिवेशन फागुन १४ गते सोमबार गर्ने निर्णय गरेको छ ।
पुष २८ गते सम्पन्न एमाले थाहा नगर कमिटीको पूर्ण बैठकले फागुन १५ गतेभित्र सबै वडाहरुलाई अधिवेशन गर्न सर्कुलर गरेपछि वडा नम्बर ९ को बुधबार बसेको बैठकले मिति तोकेको हो ।
वडा कमिटी अध्यक्ष राधाकृष्ण बस्नेतको अध्यक्षता तथा एमाले जिल्ला कमिटी सदस्य एवम् थाहा नगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा भएको बैठकले माघ २१ गतेसम्म सदस्यता नवीकरण गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा एमाले जिल्ला कमिटी सदस्य हरि गोपाली, बागमती प्रदेश कमिटीका पूर्व सदस्य बुद्धरत्न मानन्धर, एमाले जिल्ला कमिटी पूर्व सदस्य बिमल कुमार ढकाल, नगर अधिवेशन आयोजक कमिटी सचिव रामकृष्ण बस्नेत, सदस्यहरु द्वारिका बलामी, सुमन रायमाझी, रामचन्द्र खत्री, कृष्ण बलामी, शारदा लामिछाने, रामकृष्ण कपालीलगायतको उपस्थिति थियो ।
यसैबीच थाहा नगरका ११ वटा वडाहरुको अधिवेशनको मिति तय भईसकेको छ । वडा नम्बर १ ले फागुन १२ गते, २, ६ र १२ ले फागुन ५ गते, ३ ले ९ गते, ४ ले १३ गते, ५ ले ११ गते, ११ ले फागुन ४ गते अधिवेशन गर्ने निर्णय गरिसकेको छ ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments