Byroad News

Loading...

थाहाका संस्थागत विद्यालयहरुको प्री-बोर्ड सुरु


थाहाका संस्थागत विद्यालयहरुको प्री-बोर्ड सुरु

थाहानगर/१५ माघ

देशभरका निजी तथा आवाशीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन-नेपाल) सँग आवद्व विद्यालयहरुको एसईई प्री-बोर्ड परीक्षा सुरु भएको छ । परीक्षा माघ १४ गतेदेखि सुरु भएको हो ।

सो परीक्षासँगै थाहा प्याव्सन अन्तर्गतका ६ वटा संस्थागत विद्यालयहरुले पनि एकसाथ परीक्षा सञ्चालन गरेको छ । परीक्षा दुई वटा केन्द्रबाट सञ्चालन भईरहेको छ ।

प्याव्सन थाहानगर अन्तर्गत हिमालयन इङ्ग्लिस सेकेन्डरी बोडिङ स्कुल, पालुङ भ्याली हार्ट एकेडेमी, पालुङ अङ्ग्रेजी आवासीय मावि, पालुङ मोडर्न इङ्ग्लिस मिडियम स्कुलका कुल ६२ जना विद्यार्थीको पालुङ क्याम्पस केन्द्रमा परीक्षा भईरको छ । सो केन्द्रमा भूमिराज अवस्थी केन्द्राध्यक्ष हुनुहुन्छ ।

यसैगरी, एअन एकेडेमी र सरस्वती विद्या मन्दिरको केन्द्र बज्रवाराही माविमा परीक्षा भईरहेको छ । सो केन्द्रमा रमेशमान डङ्गोल केन्द्राध्यक्ष हुनुहुन्छ । सो केन्द्रमा दुई विद्यालयका ४३ जना विद्यार्थी संलग्न छ। परीक्षामा सत प्रतिशत परीक्षार्थी सहभागी छन् ।

Comments

KATHMANDU WEATHER