थाहानगर/९ माघ
नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ७ को अधिवेशन फागुन १५ गते हुने भएको छ ।
मंगलबार चिसापानीमा भएको एमाले वडाको बैठकले विवेक थिङको संयोजकत्वमा १७ सदस्यीय वडा अधिवेशन आयोजक कमिटी गठन गरेको छ । कमिटीको सचिवमा देवराज गोले चुनिएका छन् ।
यसैगरी कमिटीको सदस्यहरुमा धिरज थिङ, शम्भु गोले, राजेन्द्र थिङ, रुपचन्द्र स्याङ्तान, डिल बहादुर थिङ, सुर्य बहादुर गोले, विष्णु थिङ, सुचिन्द्र थिङ, रबि कार्की, श्याम कुमार भोम्जन, विकेश थिङ, सुशिला थिङलगायत छन् ।
एमाले जिल्ला कमिटी सदस्य तथा थाहा नगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यता तथा नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु सुजन कुमार रायमझी, काजीमान थिङ, अनुरोध स्याङ्तान, भरत कार्की, सुजन खत्रीलगायतको आतिथ्यता थियो । यसैगरी, मंगलबार बिहान बसेको ३ नम्बर वडा कमिटीको बैठकले फागुन ९ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ । ३ नम्बरको बैठकमा जिल्ला सदस्य प्रधान, शिवराम थापा, जनवर्गीय संगठन सञ्जालका अध्यक्ष बलराम थापा, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु लक्ष्मण बर्तौला, राजाराम रायमाझी, सुजन रायमाझी, सुमन रायमाझीलगायतको उपस्थिति थियो ।
यसैगरी, फागुन २८ गते नगर अधिवेशनको तयारीमा जुटेको थाहा नगर एमालेले धमाधम वडा कमिटी बैठक गर्दै वडा अधिवेशनहरुको मिति तोक्दै आएको छ । हालसम्म बैठक सम्पन्न गरेका वडाहरुमध्ये वडा नम्बर १ ले फागुन १२ गते, २ ले फागुन ५ गते वडा अधिवेशन गर्ने निर्णय गरिसकेको छ ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments