Byroad News

Loading...

लायन्स क्लवद्वारा एक सय विद्यार्थीलाई न्यानो कपडा वितरण


लायन्स क्लवद्वारा एक सय विद्यार्थीलाई न्यानो कपडा वितरण

थाहानगर/१९ पौष

लायन्स क्लव अफ काठमाडौं आरम्भ देउरालीले मकवानपुरका एक सय जना विद्यार्थीलाई बिहीबार न्यानो कपडा वितरण गरेको छ ।

क्लवले लायन्स क्लव अफ थाहा पिससङ्गको सहकार्यमा थाहा नगरपालिका १ स्थित झम्केश्वरी माविको प्राथमिक तहमा अध्ययनरत ८६ जना र थाहा ४ रुप्सेस्थित माहाङ्काल प्राविका १४ जना विद्यार्थीलाई सम्बन्धित विद्यालयको नाम अङ्कित ट्रयाकसेट पोशाक वितरण गरेको हो । महाङ्कालका विद्यार्थीलाई जुत्ता र मोजा समेत वितरण गरिएको थाहा पिसका अध्यक्ष गीता कार्कीले जानकारी दिनुभयो ।

न्यानो कपडा वितरण कार्यक्रममा लायन्स क्लव अन्तरास्ट्रिय ३२५ एम नेपालका डिस्ट्रीक गभर्नर भिमलाल पौड्याल, सेकेन्ड भाइस डिस्ट्रीक्ट गभर्नर धनीराम बराल, पिएमसिसि गिरिधारि शर्मा, पिआरओ इन चिफ दिपक खरेल, डिस्ट्रीक चिफ गिता शर्मा, काठमाडौं आरम्भ देउरालीका अध्यक्ष  पुर्णिमा शर्मा,  पूर्व अध्यक्षहरु कल्पना घिमिरे, शान्ता पान्डे, दुर्गा केसी, थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, अध्यक्ष गीता कार्की र निवर्तमान अध्यक्ष जयराम खत्रीको उपस्थिति थियो ।

वितरण कार्यक्रममा झम्केश्वरी माविका प्रधानाध्यापक गणेशमान श्रेष्ठले विद्यालयमा एउटा शौचालयको खाचो रहेको बताउनु हुँदै डिस्ट्रीक्ट गभर्नर पौड्याललाई प्रस्तावना पत्र समेत बुझाउनु भयो ।

कार्यक्रमको अवसरमा आरम्भ देउरालीका संस्थापक अध्यक्ष गीता चापागाईंले आफ्नो क्लवले नियमित रुपले थाहा पिससङ्ग सहकार्य गरि गाउँका विद्यार्थीहरुलाई छात्रवृत्ति दिइने बताउनु भयो । वक्ताहरुले आफ्नो नियमित कमाइको सानो हिस्सा सामाजिक सेवामा लगानी गर्दा एक अर्कामा सहयोगी समेत हुने हुँदा लायन्स क्लवले देशैभरी यसै गरि कार्यक्रम सञ्चालन गर्ने गरेको बताउनु भएको छ । गत वर्ष थाहा ११ र १२ का १३० विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको थियो ।

Comments

KATHMANDU WEATHER